बेंसीसहर । लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भ'तिज र भा'न्जाले जी'वन रि'त्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच सम्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्यानसम्बन्धि उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा बाहिर निस्किएको मौका छोपेर घटना घटाएका थिए। मृतक धनमायाका श्रीमान ध्रुव भुजेल छिमेकीको गाई फार्ममा काम गर्ने गर्दथे। सो दिन बिहानै उनी गाई फार्ममा काम गर्न गएका थिए।

उनी गाई फार्ममा काम गर्न गए÷नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेका थिए। ‘श्रीमान काम गर्न गए÷नगएको धनमायालाई फोनबाट निश्चित गरि घरमा आएको देखिन्छ। अभियुक्तले धनमायाबाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेका छन्’, डीएसपी थापाले भने, ‘फोनबाट धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु आएर घटना गराएका छन्।’

डीएसपी थापाका अनुसार अभियुक्तद्वयले धनमायालाई सलको साहारामा पिँढीमा रहेको जाँतो प्रयोग गरेर घटना गराएका थिए। मृतक धनमायाँको मृत शरीरलाई त्यसपछि बारीमा रहेको गोबर ग्याँसको सेफ्टी ट्याँङ्कीमा छोडेर हिँडेका थिए।

प्रहरीका अनुसार अभियुक्त सागरलाई पोखरा र विकासलाई नीजकै घरबाट पक्राउ गरिएको हो। सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन पोखरा गएका थिए। प्रहरी नियन्त्रणमा रहेका दुवैजनालाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा मुद्धा चलाइएको डीएसपी थापाले बताए। दुवैजनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटना भएको दिन बिहानै मृतकको घरमा पुगेका आफन्तले पिढी र आगनमा घटनाका प्रमाणहरु देखेपछि पच्छाउदै जाँदा सेफ्टी ट्याँकीमा धनमाया मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धानमा डीएसपी थापाको टोली र प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुरको समेत सहायता लिइएको थियो। चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन्।

सम्बन्धित खबरहरु