काठमाडौं । नेपालीले नेपालको नाम नचम्काएको क्षेत्र विरलै छ । यसैले विश्वभरी नै नेपाल र नेपालीप्रति विश्वसमुदायको प्रेम बढिरहेको छ । नेपाल र नेपालीका लागि यो बर्ष अर्को ठूलो उपलब्धि हात लागेको छ । यो वर्षको वर्ल्ड हेल्थ अवार्ड नेपालका दुई चिकित्सकलाई मिलेको छ ।

 

नेपालका डाक्टर पशुपति महत र डाक्टर अरुण राज कुँवरलाई यो बर्षको वर्ल्ड हेल्थ अवार्ड प्रदान गरिने भएसँगै उनीहरुलाई बधाईको ओइरो लागेको छ । स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यमा प्रदान गरिने यो अवार्ड मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई प्रदान गर्ने निर्णय गरेको हो ।

डाक्टर महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुन् भने डाक्टर कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुन् । कुँवरले कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटको नेतृत्व गरिरहेका छन् ।

 

वर्षमा एक पटक दिइने यो अवार्ड विश्वभरीका स्वास्थ्य क्षेत्रमा प्रभाकारी काम गर्ने चिकत्सकहरुलाई दिइन्छ । नेपालको चिकित्सकले यो अवार्ड पहिलो पटक पाएका हुन् । यसले नेपालको गरिमा बढेको छ । अवार्ड प्राप्त चिकित्सकलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा सम्मान ।

 

सम्बन्धित खबरहरु