काठमाडौ । एफटीटीएच इन्टरनेट सेवाका ग्राहकका लागि नेपाल टेलिकमले अफर ल्याएको छ । कम्पनीले एफटीटीएच प्रयोगकर्ताका लागि करिब १ सय १० जीबी निःशुल्क डेटासहितको ‘जाडोमा न्यानो’ अफर उपलब्ध गराउन थालेको हो ।

यो योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकले आफ्नो मोबाइलमा दैनिक तीन सय एमबी डेटा पाउनेछन् । यो अफर पुसदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने तथा यस अघिदेखि नै सेवा लिँदै आइरहेकोमा प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकले यो सुविधा पाउने छन् । यस्ता ग्राहकको मोबाइलमा दैनिक ३ सय एमबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र सय मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले एफटीटीएच आवेदन फाराममा राखेको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

सम्बन्धित खबरहरु