काठमाडौं । पछिल्लो समय पहिले विवाह अनी बच्चा भन्दा पनि पहिले बच्चा अनी विवाह भन्ने कुरा चर्चामा रहेको छ । विवाह गरेको छोटो समयमा नै आमा बन्ने कलाकारहरुको संख्या पनि बढेको छ । हालैं नेहा कक्कर पनि आमा बनेको खबर बाहिर आएको छ । तर नेहाले आफ्नो गीतको विज्ञापनका लागि सबै नाटक गरेको खबर बाहिर आएको छ । आज हामी त्यस्तै केही अभिनेत्रीहरुका बारेमा जानकारी दिन गइरहका छौँ ।

 

नेहा धूपिया
नेहाले मे २०१८ मा हतारमा अंगद बेदीसँग विवाह गरेकी थिइन् । अचानक विवाह भएको दुई महिना पछि नेहाले गर्भवती भएको भन्दै सबैलाई चकित पारेकी थिइन् । नेहाले त्यसपछि नोभेम्बर २०१८ मा छोरी मेहरलाई जन्म दिइन् र आमा बनिन् ।

श्रीदेवी
स्वर्गीय अभिनेत्री श्रीदेवी पनि एक त्यस्तो अभिनेत्री हुन् ,जो विवाह अघि गर्भवती भइन् । श्रीदेवी बोनी कपूरसँग सम्बन्धमा थिइन् । दुबैको विवाह १९९६ मा भयो र केहि महिना पछि श्रीदेवीले जान्हवी कपूरलाई जन्म दिइन् । बोनीले श्रीदेवीसँग दोस्रो विवाह गरेकी हुन् ।

कोकोना सेन शर्मा
कोकोनाले २००७ मा रणवीर शोरेलाई डेट गर्न शुरू गरिन् । त्यसपश्चात दुवैले सेप्टेम्बर २०१० मा बिहे गरेका थिए । विवाह भएको ६ महिना पछि उनले छोरो हारुनलाई जन्म दिइन् । यसबाट स्पष्ट भयो कि विवाहको अघि उनी गर्भवती भएको कुरा स्पष्ट भएको छ ।

नीना गुप्ता
नीना गुप्ता वेस्टइन्डीजका क्रिकेटर भिभियन रिचर्ड्ससँग प्रेम सम्बन्धमा थिइन, जब उनी गर्भवती भइन् । नीनाको भिभियनसँग विवाह भएको थिएन तर उनले आफ्नो बच्चालाई जन्म दिने निर्णय गरिन् । उनले छोरी मसाबालाई जन्म दिएकी थिइन् । भिभियनले नीनासँग बिहे गरेनन् तर नीनाले एउटी आमा भइन् ।

सारिका
सारिका र कमल हासन प्रत्यक्ष सम्बन्धमा थिए । यसैबीच, सारिका १९८६ मा गर्भवती भइन् र छोरी श्रुतिलाई जन्म दिइन् । दुई वर्षपछि सारिका र कमल हासनको बिहे भयो ।

 

 

सम्बन्धित खबरहरु