काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ( Prime Minister Kp Sharma Oli ) ले आज घरमा नै पुगेर नेताहरुसँग भेटवार्ता ( meeting ) गरिरहेका छन् । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ( Pushpa Kamal Dahal ) लाई उनकै निवास खुमलटारमा भेटेर त्यहीबाट गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न बादल निवास पुगेका छन् ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुल्चोक नै पुगेपछि केही हुँदैछ भन्ने आशंका गर्ने सुविधा पक्कै छ । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए ।

 

खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच कुराकानी हुँदै गर्दा केहीबेरमा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको छ । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय

सम्बन्धित खबरहरु