काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षधरका नेताहरु आकस्मिक छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेपछि प्रचण्डपक्षधरका नेताहरुबीच छलफल सुरु भएको हो ।

 

प्रधानमन्त्री ओलीले चालेको कदमप्रति नेकपाका नेताहरु नै रुष्ट रहेका छन् । उनीहरुले प्रधानमन्त्रीसँग संसद विघटन सिफारिस प्रस्ताव फिर्ता माग्न दबाब दिने बताइएको छ । साथै अबको राजनीतिक यात्रा र रणनीतिका बारेमापनि छलफल भइरहेको श्रोतको दावी छ ।

सम्बन्धित खबरहरु