काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधिसभा (संसद) विघटन भएको घोषणा भएको छ । यो संसद भंग भएसँगै आम निर्वाचनको मितिसमेत तय भएको छ ।

 

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् । योसँगै अब नेपाल फेरी अर्को चुनावमा होमिएको छ ।

आजका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/316460

 

https://www.janaboli.com/post/316436

https://www.janaboli.com/post/316449

https://www.janaboli.com/post/316452

https://www.janaboli.com/post/229470

https://www.janaboli.com/post/310669

 

 

सम्बन्धित खबरहरु