काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद विघटन भएपछि त्यसको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट केही मन्त्रीहरु बाहेकले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् । उद्योग मन्त्री लेखराज भट्ट र गृहमन्त्री राम बहादुर थापा बादलले भने दिएका छैनन् । उनीहरु प्रधानमन्त्री ओली कै कित्तामा उभिएका छन् ।

आजका चर्चित शीर्षकहरु

अख्तियार प्रमुखमा प्रेमकुमार राई नियुक्त, के–के छन् रणनीति ?

मन्त्रीहरुको सामूहिक राजीनामामा प्रचण्ड–नेपाल पक्षबाट कसले नदिन सक्छन् ?

संसद विघटनपछिपनि बालुवाटारमा ओली–प्रचण्डबीचको छलफल भर्खरै सकियो

यी २२ वर्षीय युवकका ३ पत्नी, पत्नीहरूसँग मिलेर चौथो पत्नी खोज्दै ! [कारण थाहाँ पाउँदा दुनियाँ हैरान]

सम्बन्धित खबरहरु