काठमाडौ । पूर्व गृह सचिव तथा नव नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो कुनै पनि आधिकारिक सामाजिक सञ्जाल नरहेको बताएका छन् । राईको तस्बिर र नाम प्रयोग गरेर ट्विटरमा अनेकन विचार र भनाई पोष्ट भएपछि राईले त्यसलाई ‘फेक आइडी’ भनेका छन् ।

सञ्चार माध्यमसँग कुरा गर्दै राईले आफ्नो ट्विटर एकाउन्ट नभएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा मेरो कुनै पनि आधिकारिक आइडी छैन । आजसम्म मैले ट्विटर प्रयोग गरेको पनि छैन । मेरो तस्बिर र नाम राखेर प्रयोग भएर पोष्ट भएका विचार वा सूचना मेरो होइन । त्यसमा कोही पनि भ्रममा नपर्न हार्दिक आग्रह गर्दछु ।’

 

राईले आफ्नो नाम र तस्बिर प्रयोग गरेर भ्रमपूर्ण विचार पोष्ट गर्नेलाई तत्काल रोक्न पनि आग्रह गरेका छन् । उनले भने, ‘म अनुरोध गर्दछु, मेरो तस्बिर र नाम प्रयोग गरेर बनाइएको ट्विटर तुरुन्तै बन्द गरीदिनुहोस् । नभए म कानुनी उपचार खोज्छु ।’

यसअघि कुनै अकाउण्ट नभएकाले नयाँ खोलिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र फलो गरिएकाले जनबोली न्यूज नेटवर्क प्रा.लि. समाचार डक्सपनि भ्रममा परेकाले यसअघिको समाचार गलत हुन पुग्यो । यो असुविधाप्रति हामी क्षमाप्रार्थी छौ ।

आजका चर्चित शीर्षकहरु

अख्तियार प्रमुखमा प्रेमकुमार राई नियुक्त, के–के छन् रणनीति ?

मन्त्रीहरुको सामूहिक राजीनामामा प्रचण्ड–नेपाल पक्षबाट कसले नदिन सक्छन् ?

संसद विघटनपछिपनि बालुवाटारमा ओली–प्रचण्डबीचको छलफल भर्खरै सकियो

राष्ट्रपतिद्धारा संसद भंग भएको घोषणा, आमनिर्वाचनको मिति तोकियो

संसद विघटन : गणतन्त्रमाथि प्रधानमन्त्रीले कू गर्नुभयो

संसद विघटनको प्रतिवाद गर्ने को–को मन्त्री थिए, के भनेका थिए ?

जननेता भनिएका मनमोहन र कांग्रेसले राजनेता भन्ने तीन नेतालेपनि गरेका थिए संसद विघटन

अमेरिका सम्म पुग्ने गोप्य सुरुङ्ग बनाएको खुल्यो

यी २२ वर्षीय युवकका ३ पत्नी, पत्नीहरूसँग मिलेर चौथो पत्नी खोज्दै ! [कारण थाहाँ पाउँदा दुनियाँ हैरान]

 

सम्बन्धित खबरहरु