काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीबिरुद्ध उनकै दलका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउँन हस्ताक्षर गर्दैछन् भन्ने सूचना पाए लगत्तै ओलीले आकस्मिक मन्त्रीपरिषदको बैठक बोलाए । यता अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर हुँदै थियो उता मन्त्री परिषद्को बैठक बस्यो ।

 

बैठकमा ओलीले अब नयाँ जनादेशमा देश जान्छ भनेपछि केही मन्त्रीले प्रतिवाद गरे । ए हो ठिकै छ मात्र भनेर ओली उठे । ओली राष्ट्रपति भवन शितलनिवास नपुग्दै यता उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको खुल्न आएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको श्रोतको दावी छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

राष्ट्रिय अनुशन्धान प्रधानमन्त्रीको मातहतमा रहेपछि सूचना नपुग्ने कुरा नै भएन । (नेकपा) का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि हस्ताक्षर हुँदैछ भन्ने सूचना प्रधानमन्त्रीमा पुगेपछि यो कठोर कदम चालेका ओली निकट एक नेताले खुलाए । नभन्दै संसद सचिवालयमा पुष्टि गर्दा ओलीले मन्त्रीपरिषद्बाट निर्णय गराएर राष्ट्रपति भवन नपुग्दै उनी बिरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको थियो ।

 

सम्बन्धित खबरहरु