काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। आजको बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। साथै प्रधानमन्त्री ओलीलाई पार्टी अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय आजको बैठकको छ । पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए।

 

महरा माथि संसद सचिवालयकै एक कर्मचारीको आरोपमा अदालतमा मुद्धा चलेको थियो । त्यसपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो। उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।

आजका चर्चित शीर्षकहरु

अख्तियार प्रमुखमा प्रेमकुमार राई नियुक्त, के–के छन् रणनीति ?

मन्त्रीहरुको सामूहिक राजीनामामा प्रचण्ड–नेपाल पक्षबाट कसले नदिन सक्छन् ?

संसद विघटनपछिपनि बालुवाटारमा ओली–प्रचण्डबीचको छलफल भर्खरै सकियो

राष्ट्रपतिद्धारा संसद भंग भएको घोषणा, आमनिर्वाचनको मिति तोकियो

संसद विघटन : गणतन्त्रमाथि प्रधानमन्त्रीले कू गर्नुभयो

संसद विघटनको प्रतिवाद गर्ने को–को मन्त्री थिए, के भनेका थिए ?

यी २२ वर्षीय युवकका ३ पत्नी, पत्नीहरूसँग मिलेर चौथो पत्नी खोज्दै ! [कारण थाहाँ पाउँदा दुनियाँ हैरान]

 

सम्बन्धित खबरहरु