काठमाडौं । एक युवकले पछ्याएका कारण हैरान भएकी कक्षा १० मा अध्ययनरत छात्रा जीवनबाटै अस्ताएकी छिन् । भारत, आन्ध्र प्रदेशको गुन्टूर जिल्लाबाट एउटा दुःखद समाचार आएको छ । कक्षा १० मा अध्ययनरत एक छात्राले एक जना केटाले पछ्याएपछि जीवनबाट अस्ताउने निर्णय लिएकी हुन् ।

 

कोरापाडू गाउँकी एउटी केटीले कीटनाशक खाएर आफ्नो ज्यान दिएकी हुन् । मृत्यु भन्दा अघि ति विद्यार्थीले एउटा भिडियो बनाएकी थिइन, जसमा उनले वारा प्रसाद नामको एक युवकको नाम लिएकी छिन् । उनले ति युवकसँग रिसाए पछि आफुले यो निर्णय लिएको बताएकी थिइन् ।

 

साथै, विद्यार्थीले प्रशासनलाई वारा प्रसाद विरुद्ध कारबाही गर्न अपील गरेका छन् । घटना पछि जब विद्यार्थीलाई अस्पताल लगियो, त्यहाँ उनको मृत्यु भयो । यस मामलामा प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

छात्राको मृत्यु प्रकरण बारेमा जानकारी पाएपछि आन्ध्र प्रदेश महिला आयोगकी अध्यक्ष वासिरेड्डी पद्म र वाईएसआरसीपीका स्थानीय विधायक श्रीदेवी पीडितको परिवार पुगेर अधिकारीलाई कडा कारबाही गर्न आदेश दिएकी छिन् ।

 

 

सम्बन्धित खबरहरु