child_20100514082911

एकीकृत नेकपा माओवादीसहितका ३० दलिय मोर्चा र नेकपा–माओवादीको मंगलबारको संयुक्त नेपाल बन्द यथावत रहने भएको छ ।

एनेकपा माओवादी नेता कृष्णबहादुर महराले जनबोली डटकमलाई भने सहमतिको प्रयास जारी छ तर मंगलबारको बन्द भने फिर्ता हुने छैन ।

प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीले  माघ ५ गतेको लागि तय गरिएको आमहड्ताल फिर्ता लिएर त्यसको सट्टा ६ गते नेकपा–माओवादीसँग मिलेर नेपाल बन्द गर्ने यसअघि नै निर्णय गरेको थियो ।
पुस २५ गतेदेखि २९ गतेसम्म विभिन्न क्षेत्रमा आह्वान गरेको आमहड्ताल प्रभावकारी नभएपछि ३० दल नेकपा–माओवादी र अन्य समुहसँग सहकार्य गर्ने निर्णयमा पुगेका थिए ।

आन्दोलनमा सहभागीताको विषयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग पनि छलफल भैरहेको जनाइएको छ ।

बन्द कायमै रहेको समाचार आएपछि सामाजिक सञ्जाल मार्फ सर्वसाधारणहरुले बन्दको प्रतिरोधमा उत्रिन आह्वान गर्न थालेका छन् ।

बन्द नेपाल र नेपालीका लागि हानिकार रहेकाले त्यसको प्रतिरोध गर्नु हरेक नागरिकको दायीत्व भएको भन्दै स्वस्फुर्त रुपमा विरोधका स्वर उब्जिएका छन् ।

पुस २५ गतेदेखि २९ गतेसम्म विभिन्न क्षेत्रमा आह्वान गरेको आमहड्ताल पनि सर्वसाधारणको प्रतिरोधका कारण प्रभावकारी नभएको थियो ।

सम्बन्धित खबरहरु