लमजुङ । सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको कर्तव्य ज्यानको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।

ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनी मृत रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सागर र मृतक महिलाबीच अनैतिक कार्यमा रहेकोमा उनी गर्भवति छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई कर्तव्य ज्यान गरेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरु भतिजो र भान्जो पर्ने रहेको खुल्न आएको छ ।

 

सम्बन्धित खबरहरु