काठमाडौ । सुनसरी बराहक्षेत्र नगरपालिका-७ बत्तिसस्थित झुम्का नहरमा सोही ठाउँ बाङगे बस्ने ६२ वर्षीय खड्ग बहादुर कटुवाल आइतबार दिउँसो मृत फेला परेका छन् । शनिबार घाँस काट्न भनी घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।

डोटी पूर्वी चौकी गाउँपालिका-६ मुलापानी बस्ने ४५ वर्षीय भीम बहादुर श्रेष्ठ आइतबार दिउँसो सोही ठाउँस्थित चरी भीरमा मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट पैसा असुली गर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ ढिकुरा बस्ने ४२ वर्षीया ईन्दिरा कुँवर सोही ठाउँस्थित भिरबाट लडेर आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घर नजिकै रहेको आफ्नै खरयानमा घाँस काट्न भनी गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।

रुपन्देही देबदह नगरपालिका-११ कम्दिहरपुरस्थित पाठक ईट्टा भट्टामा लेवर काम गर्ने ओमसतीया गाउँपालिका-६ बस्ने ३८ वर्षीय मोहन कहार उक्त ईटाँभट्टाको कम्पाउण्डभित्र आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे पाँचखाल नगरपालिका-८ चौउन्न किलोस्थित चाहखोलाको छेउमा मण्डनदेउपुर नगरपालिका-१ चन्दने बस्ने नवराज दमाईको छोरा ३ वर्षीय सरोज दमाई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । शुक्रबार आमा सुनिता बर्देबासँग मामाघर सिन्धुपाल्चोक मेलन्ची गई घरतर्फ फर्कने क्रममा सरोज उक्त स्थानबाट हराएको भन्ने बुझिन आएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता नवलपरासी ९पूर्व०, बुलिङटार गाउँपालिका-३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  कास्की, पोखरा महानगरपालिका-१६ लामाचौरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका-५ पुरनधारा छहरास्थित पिकनिक गएको अवस्थामा झुलुङगे पुलमा फोटो खिच्ने क्रममा पुलबाट करिब १ सय ५० मिटर तल खसी मृत्यु भएको छ ।

शनिबार उक्त पुलबाट खसेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु