कुवेत । कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । आगामी बिहीबार (भोलि) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिनुभयो ।

 

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उहाँले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उहाँले बताउनुभयो ।

पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उहाँले सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ । “उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भन्नुभयो ।

 

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् । कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

सम्बन्धित खबरहरु