काठमाडौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र को वैधानिक भन्ने विषयमा तथ्यको जाँचबुझ सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपामा दुई समूह भएको र आफुहरु आधिकारी दावी गर्दै दुई पत्र प्राप्त भएकाले अब को आधिकारीक भन्ने विषय निरोपण गर्नका लागि आयोगले काम थालेको छ ।

 

प्राप्त पत्रका आधारमा को चै आधिकारीक भन्ने एकिन अब उनीहरुले दावी गरेअनुसारका प्रमाण, उक्त दलको विधान र नेपालको विद्यमान राजनीतिक दलसम्बन्धि कानून नै हेरेर समयभित्र नै यसलाई टुंगो लगाउने तयारी आयोगले थालेको छ । नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नयाँ बैठक बसेर नयाँ सदस्य थप गर्ने निर्णय लिएको थियो ।

 

उसले ११९९ जना केन्द्रीय सदस्य बनाएको जानकारी आयोगलाई गराएको छ । यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधबकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष तोकेको पत्र आयोगमा दर्ता गराएको छ । यो निर्णय कसको चै आधिकारक भन्ने निरुपणसँगै त्यही समुहले दलको नाम र चुनाव चिन्ह पाउनेछन् ।

 

 

सम्बन्धित खबरहरु