काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेसँगै चिनियाँ राजदूतको सक्रियता बढेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी खुमलटार पुग्नु भएको छ । चिनियाँ राजदूत यान्छी विहान साढे नौ बजे खुमलटार पुग्नु भएको जानकारी दिइएको छ ।

प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा गरेको जानकारी दिइएको छ । राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा गरेको जानकारी दिइएको छ । यो भन्दा पहिले नेकपाका ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु