काठमाडौ । यस.आर. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र “सरप्राइज” अमेरिकाको कानससमा सुटिङ्ग हुने भएको छ । अमेरिकामा चलचित्र सम्वन्धी अध्ययन गरेर थुप्रै म्यूजिक भिडियो निर्माण गरेका गीतकार, कलाकार धनेन्द्र रसाइलीको निर्देशनमा निर्माण हुन लागेको सो चलचित्रको छायँकन राजेन्द्र बिष्टले गर्दैछन । यसैगरी पुष्पा गजमेरको संगीत कृष्ण अनमोलको गीत रहेको छ । मुकेश ढकाल, लाउरा घिमिरे धनेन्द्र रसाइली लगायतको मुख्य भुमिका रहेको छ ।

कसैलाइ सरप्राइज दिनु अघि सरप्राइज पाउने ब्यक्तिको मनो बिज्ञान अनि त्यसबाट उत्पन्न हुने घटना परिघटना लाइ मुख्य बिषय बनाएर प्रेमलाइ प्रस्तुत गर्न खोजिएको छ चलचित्र “सरप्राइज” मा । उक्त चलचित्रलाइ गंगा घिमिरेले निर्माण गरेका छन भने कथा, पट–कथा र संम्वाद धनेन्द्र रसाइलीको रहेको छ ।

 

सम्बन्धित खबरहरु