काठमाडौ । स्याङ्जा, फेदीखोला गाउँपालिका–१ सर्केटारीस्थित अर्जुन कुमार गुरुङको घरमा विगत ६–७ वर्षदेखि बस्दै आएकी वतन नखुलेकी १२ वर्षीया सन्ध्या सारु मगर बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार बिहानबाट हराएकी उनको खोजी गर्नेक्रममा घरबाट करिब १ सय ५० मिटर टाढा पानी ट्याङ्कीभित्र डुबेको अवस्थामा उनी मृत फेला परेको हो ।

 

काभ्रे, बेथानचोक गाउँपालिका–१ हात्तिढुङगा खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका–५ डिएस्पी रोड बस्ने ४० वर्षीय खेम राज बम जानकी गाउँपालिका–६ पिप्रहवास्थित अटोमोबाईल कम्पनी कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । खेमराज सोही कम्पनीमा काम गर्ने बुझिएको छ ।

 

यता ताराखोला गाउँपालिका–१ भुस्कटस्थित अधेरी भिरमा कपिलबस्तु वाडगंगा नगरपालिका–२ घर भएका ३६ वर्षीय ध्रुब छन्त्याल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

ताराखोला गाउँपालिकामा कुल पूजाको लागि मंगलबार उक्त ठाउँमा आएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनी मृत फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु