कर्मचारी सञ्चयकोष कट्टी गर्ने कार्यालयहरुले कर्मचारी सञ्चयकोषमा पठाउनुपर्ने सञ्चयकोषको फाँटवारीहरु २०७७ पौष महिनाबाट Integrated System मार्फत कर्मचारी सञ्चयकोषमा सोझै पठाउन सकिने गरी व्यवस्था भएको हुँदा अबदेखि CGAS मा तलबी विवरण तयार गर्दा निम्नानुसार गर्नुपर्ने छ ।

१)२०७७ पौष महिनाबाट मात्र Integrated System मार्फत कर्मचारी सञ्चयकोषमा सोझै फाँटवारी पठाउन सकिनेछ । पौषभन्दा अघिका फाँटवारी Integrated System मार्फत पठाउन सकिने छैन । यसको लागि कार्यालयहरुले विगतमा झै Manually, Excel, Web etc पठाउनुपर्ने छ । हालमा कर्मचारी सञ्चयकोषमा पठाउने फाँटवारी वाहेकका अन्य जस्तै नागरिक लगानी कोष लगायतका फाँटवारीहरु भने Online मार्फत पठाउन सकिनेछैन ।

२)२०७७ पौष महिनादेखि स्थायी कर्मचारीहरुको तलबी बितरण तयार गर्दा नै अनिवार्य रुपमा कर्मचारी सञ्चयकोष नम्वर Entry गरेर मात्र तलव बितरण बनाउनुपर्ने छ । कर्मचारी सञ्चय कोष नम्वर Entry नगरेको स्थायी कर्मचारीको तलबी विवरण तयार गर्नपाईने छैन । अस्थायी/ ज्यालदारी कर्मचारीहरु तथा पदाधिकारीहरुको हकमा भने कर्मचारी सञ्चय कोष नम्वर Entry गर्नुपर्ने छैन । यदि कर्मचारीहरुको कर्मचारी सञ्चय कोष कट्टी हुने रहेछ भने कर्मचारी सञ्चय कोष नम्वर Entry अनिवार्य रुपमा गर्नुपर्ने छ ।

३)नयाँ Entry गर्ने कर्मचारी सञ्चय कोष नम्वर अथवा यस अघि नै Entry गरिएका दुवै प्रकारका कर्मचारी सञ्चय कोष नम्बरहरुलाई CGAS मा एक पटक कर्मचारी अभिलेख प्रविष्टीमा गई कर्मचारी सञ्चय कोष नम्बरको चेक गर्नुहोस भन्ने Button मा Click गरी पुन:कर्मचारी सञ्चय कोष नम्बर Verify गर्नुपर्नेछ । यसरी Verify नगरेसम्म तलबी विवरण तयार गर्न सकिनेछैन । यस्तो Verify गर्ने काम आजदेखि नै शुरु गर्नसक्नु हुनेछ ।

४)कर्मचारी सञ्चय कोष परिचयपत्र नम्वर Entry वा Verify गर्दा कुनै समस्या भएमा समाधानको लागि कर्मचारी सञ्चय कोषमा देहाय बमोजिमको Quick Response Team गठन भएको छ । उक्त Team सँगको समन्वयमा तत्काल समस्या समाधान गर्न सक्नुहुने छ ।
कर्मचारी सञ्चयकोषको Quick Response Team:- उपप्रबन्धक श्री रबिन केसी- ९८४७६९३५६२ उपप्रबन्धक श्री चानकराज खत्रि- ९८४७६९३५६४ सहायक प्रबन्धक श्री दिपक भट्टराई- ९८४७६९३५८० प्रमुख सहायक श्री केशवराज श्रेष्ठ- ९८४७६९३५८४

सम्बन्धित खबरहरु