काठमाडौ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धपनि नेकपाका तर्फबाट संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । नेकपाका प्रचण्ड–नेपाल पक्ष समूह पक्षका ४३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

 

प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बाँकी सबै प्रदेश सरकारमापनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।

 

 

सम्बन्धित खबरहरु