काठमाडौ । नेपालको राजधानी काठमाडौका खोलामा अनौठा दृष्य देखिन थालेका छन् । यहाँका खोलामा अत्यन्तै ठूला माछा फेला पर्न थालेपछि स्थानीयले अनौठो मानेका हुन् । पुसको चीसोमा दिउँसो काठमाडौको धोवि खोलाभित्र केही युवाहरु देखिए । उनीहरुले खोलाको एकतर्फको पानी कटाइरहेका थिए ।

 

केही जाली लिएर खोलामा पसे । साथमा ड्रम र बोराहरु थिए । केही छिनमा नै मानिसहरुको घुइचो लाग्न थाल्यो । रमितेहरु यति धेरै भरिएकी कुरा प्रहरीसम्म पुग्यो । यति ठूलो भीड किन भनेर प्रहरी नै आइपुग्यो । खोलामा युवाहरुले माछा पक्रिरहेका थिए ।

 

माछापनि एउटा नै एक केजीभन्दापनि ठूलो भेटिएका थिए । उनीहरुले एकैछिनमा २४ किलो माछा पक्रिए । ड्रममा संकलन गरेर बोरामा हालेर लिएर गए । भिडियो ज्यादै रोचक छ । हेरेर रमाईलो लिनुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=IYXsLvvvZ6E&feature=youtu.be

 

सम्बन्धित खबरहरु