ज्योतिष । ॐ मात्र उच्चारण यति बलवान छ की जसले मानिसलाई सफलताको मार्गमा पुर्याएको छ । तपाइले सोचेको काम बन्नेछ ॐ लेखि सेयर गर्नुहोस् । उच्चारण गर्नुहोस् । पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति नै ॐ हुन्छ। परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन ।

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु शिवलिङ्गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः शिवलिङ्गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ ।

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई शिवलिङ्ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम शिवलिङ्ग हो भनिएको छ । शिवलिङ्ग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै शिवलिङ्ग हो ।

शिवलिङ्गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिङ्गको अर्थ मानिससँग सम्बन्ध राख्ने चीज होइन । वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिङ्गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई शिवलिङ्ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।जस्तोः प्रकाश स्तम्भ शिवलिङ्ग, अग्नी स्तम्भ शिवलिङ्ग, उर्जा स्तम्भ शिवलिङ्ग आदि ।

ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिङ्गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिङ्गमा निहित हुन्छ ।

वास्तवममा शिवलिङ्ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिवलिङ्ग को पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाको न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । देवताकापनि देवता भएकाले उहाँलाई त्यसैलाई आकार मानेर पूजा गरिन्छ ।

सम्बन्धित खबरहरु