काठमाडौं । केही दिन पहिले चिनियाँ आकाशमा देखा परेको एक दृश्यले सबैको होस उडाएको छ । चिनियाँ आकाशबाट आगोको ज्वाला खसिरहेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा आगोको ठूलो डल्लो पृथ्वीतर्फ आउँदै गरेको देखिएको छ । यो भिडियो चीनको गाउँको हो ।

 

डेलीमेलको रिपोर्टका अनुसार उक्त घटना चीनको किङ्घाई प्रान्तको नाङ्गकियानको हो । यो आगोको डल्ला बुधवार बिहान आकाशबाट खसिरहेको थियो तर कुनै क्षति भने भएको छैन । आकाशमा आगोको एक ठूलो डल्ला देखा पर्यो र द्रुत रूपमा जमिनमा खसेको देखेर स्थानीयहरु हैरान भइरहेका थिए । यो विशाल आगोको डल्ला आकाशबाट खसेको देखेर त्यहाँका स्थानीयहरू निकै तनावमा रहेका थिए ।

२३ डिसेम्बरमा, बिहान सात बजेतिर उक्त घटना नागकिआन काउन्टी र चीनको युशु शहरको बीचमा देखिएको थियो । समाचार अनुसार त्यहाँ ठूलो चर्को स्वर पनि आएको थियो । हाल यस घटनाबाट कुनै मानविय क्षति नभएको जानकारी दिइएको छ । नानसियाङ्ग काउन्टी सरकारले यस विषयमा जानकारी पाएको भए पनि पुर्ण जानकारी नभएको जानकारी गराएको छ ।

 

एक स्थानीय नागरिक डान बाले बताए कि उनले आगोको डल्ला देखेका थिए जब उनले आफ्नो बच्चालाई स्कुल लैजाँदै थिँए । उनले भने, ‘आगोको यो रहस्यमय बल सुरुमा सानो थियो तर तीन मिनेट पछि यो धेरै ठूलो र उज्यालो भयो ।’ चीनको विज्ञान वेबसाइट गुओकारका प्रमुख लेखक यू जुनले बेइजिङ्ग समाचारलाई भने, ‘आगो एकदमै ठूलो थियो । चीनको भूकम्प नेटवर्क केन्द्रले यो घटना रेकर्ड गरेको छ ।’

 

शीआनबाट ल्हासा जाँदै गरेको विमानमा यात्रुहरूले पनि यो दृश्य पृथ्वीमा झर्दै गरेको देखेर भिडियोहरू बनाएका छन् । यस रहस्यमय घटनाका धेरै भिडियो र तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

नाङ्गकियान काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमहरुलाई बतायो कि अज्ञात उडान वस्तु बुधवार बिहान देखा परेको थियो । जुन वेस्ट लेक क्यामडो तिर गइरहेको थियो । यद्यपि, उल्का पिण्डको रूपमा विश्वास गरिएको यो अज्ञात उडान वस्तुको कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन । खोजी भने भइरहेको छ ।

 

 

सम्बन्धित खबरहरु