काठमाडौ । नेपालमा पायोनियोर मोटोकर्पले विक्री वितरण गर्दै आइरहेको यो गाडी सामान्य ग्राहकदेखि सेलेब्रेटीसम्मको रोजाइमा परेको छ। हाल नेपालमा डाट्सनका रेडी गो टी (ओ) र न्यू गो ए ओ मोडल उपलब्ध छ। गाडीको मूल्य हेर्दा सामान्य व्यक्तिलाई किन्न कठिन जस्तो लागे पनि नियमित आयश्रोत भएकालाई त्यति गाह्रो नहुने गाडी वितरकहरू बताउँछन्। व्यक्तिको नाममा गाडी खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ।

तर कम्पनीको नाममा खरिद गर्दा २० प्रतिशत डाउनपेमेन्टमै गाडी दिन सकिने कम्पनीका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले जानकारी दिए। चन्दका अनुसार कम्पनीको नाममा डाट्सनको सस्तो गाडी रेडी गो टी (ओ) किनियो भने २३ लाख ९९ हजारको २० प्रतिशत अर्थात् ४ लाख ७९ हजार ८ सय मात्र डाउन पेमेन्ट गरे पुग्छ। तर यसका लागि केही कागज पत्र बुझाउनु पर्ने छ।

यसरी गाडी किन्न कम्पनी दर्ता प्रमाण पत्र, कर चुक्ताको प्रमाण पत्र, बैंक ब्यालेन्स सिट र बैंक स्टेटमेन्ट लगायत कागजपत्र आवश्यक पर्ने उनले बताए। हामीले यहाँ डाट्सनका नेपालमा उपलब्ध गाडीको मूल्य उल्लेख गरेका छौंः

सम्बन्धित खबरहरु