काठमाडौ । ललितपुर, भक्तपुर, डोटी, झापा, रुपन्देही, सुर्खेत, उदयपुर र भोजपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ललितपुर ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित सडकमा प्रदेश ०३-०३-००१ च ०७१३ नम्बरको टाटासुमोको ठक्करबाट २ जना पैदलयात्रीको बिहीबार साँझ मृत्यु भएको छ ।

 

मुत्यु हुनेहरुमा ललितपुर हरिसिद्धि बस्ने तनहुँ घर भएकी ३४ वर्षीया सुनिता सोती सापकोटा र सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर सूर्यबिनायक नगरपालिका-८ स्थित पुल नजिक सडकमा ना.६ ख ३९८२ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुदा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका-१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।

 

डोटी शिखर नगरपालिका-६ स्थित नगरपालिकाको गेट अगाडि से.१ च १००९ नम्बरको बलेरोको ठक्करबाट सोही नगरपालिका बस्ने मोहन बलायरको ८ वर्षीय छोरा गोरख बलायरको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा कन्काई नगरपालिका-४ कोटिहोमस्थित सडकमा मे.११प ३५८३ नम्बरको मोटरसाइकललाई डब्लु बि ६१ ए ९३८५ नम्बरको ग्याँस बोक्ने ट्याङ्करले बिहीबार दिउसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ईलाम माईजोकमाई गाउँपालिका-४ बस्ने ३६ वर्षीय चन्द्रकुमार लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बि एण्ड सि हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बेलबास चोकमा लु.२ ख ८८९ नम्बरको ट्रक र लु।२१ प ४३८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा स्कुटरमा सवार रोहिणी गाउँपालिका-४ बस्ने ४० वर्षीय राधेश्याम मल्लाह समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ रातानाग्लास्थित सडकमा भे.१ त ९५३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका-४ बस्ने २५ वर्षीय गणेश शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल हुँदै थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा बिहीबार दिउँसो मृत्यु भएको हो ।

 

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी उदयपुर, भोजपुर, झापा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

उदयपुर कटारी नगरपालिका-१ चुरिया जंगलस्थित सडकमा ना.३ ख ४३२१ नम्बरको ट्रकले प्र.३-०२-०१३ प ००७४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-११ धनसरी बस्ने ५५ वर्षीय दिपक कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

भोजपुर भोजपुर नगरपालिका-५ काउले ठुलो ढुङ्गास्थित सडकमा मे.१ ज २९८८ नम्बरको बोलेरो गाडी स्टार्ट नभई गाडीको अगाडि हेर्ने क्रममा शुक्रबार बिहान अचानक गुड्दा गाडिले किचेर गाडी चालक भोजपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय प्रेम कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

झापा कन्काई नगरपालिका-३ स्थितसडकमा मे.१ क १४१ नम्बरको बसमा मे.९ प ५५६४ नम्बरको मोटरसाइकलले ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरीगञ्ज गाउँपालिका-१ बस्ने ४५ वर्षीय ढावालाल राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजबंशीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-६ पर्सास्थित सडकमा हाल नम्बर नखुलेको ट्रकको ढालाबाट खसेर सोही ठाउँ बस्ने ४३ वर्षीय मैनुद्धिन मुसलमानको शुक्राबार बिहान मृत्यु भएको छ । ट्रकबाट खसेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । सोधपुछका लागि ना.७ ख ३४० नम्बरको ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु