काठमाडौं । निकट भविष्यमा चीनले अमेरिकालाई पछि पार्ने देखिएको छ । एक थिङ्क ट्याङ्कका अनुसार चीनले २०२८ मा अमेरिकी अर्थव्यवस्थालाई पछाडि पारेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने निश्चित भएको छ । यो थिङ्क ट्याङ्कले भनेका छ कि कोरोना महामारीको कारण दुई देशको अर्थतन्त्रको पतन पछि पुनः प्राप्तिमा भएको भिन्नताका कारण यो पाँच बर्ष भन्दा पहिले हुने भएको छ ।

 

पहिले यो भविष्यवाणी गरिएको थियो कि २०३३ सम्ममा चीनले अमेरिकी अर्थव्यवस्थालाई पछि पारेर विश्वमा एक नम्बरमा आउँनेछ । शनिबार अर्थशास्त्र र व्यवसाय अनुसन्धान केन्द्र (सीईबीआर) को वार्षिक रिपोर्ट प्रकाशित भयो । उक्त रिपोर्टले भन्यो, ‘केही समयको लागि विश्वव्यापी अर्थतन्त्रको मूल विषय अमेरिका र चीनको बिचमा आर्थिक शक्ति र नरम शक्तिको संघर्ष हो ।’

 

रिर्पोटमा बताइएको छ ,‘कोभिड–१९ महामारी र यसपछिको आर्थिक गिरावटका कारण चीनले यस खेलमा फाइदा उठाएको छ । चीनले महामारीको सामना गर्न कौशलता देखायो, प्रारम्भिक कडा लकडाउन र पश्चिममा दीर्घकालीन वृद्धि बिग्रियो । यसको अर्थ चीनको तुलनात्मक आर्थिक प्रदर्शनमा सुधार भएको छ ।

 

चीनको औसत वार्षिक आर्थिक बृद्धि २०२१ देखि २०२५ सम्म ५.७ प्रतिशत हुनेछ तर २०२६ देखि २०३० सम्म ४.५ प्रतिशत हुनेछ । यद्यपि अमेरिकाले सन् २०२१ मा महामारीको संकट पछि कडा सुधार गर्न सक्ने भए पनि त्यसको बृद्धि २०२२ र २०२४ को बीचमा १.९ प्रतिशतको बीचमा रहेर फेरि १.६ प्रतिशतमा झर्नेछ ।’

 

२०३० दशकको सुरुसम्म जापान तेस्रो प्रमुख अर्थव्यवस्था रहनेछ, तर त्यसपछि भारतले यसलाई पछाडि पार्नेछ र जर्मनी चौथोबाट पाँचौं स्थानमा जाने देखिएको छ । सीईबीआरका अनुसार बेलायत अहिलेको पाँचौं ठूलो अर्थतन्त्र हो र २०२४ पछि यो छैठौं स्थानमा जान्छ ।

 

सीईबीआरका अनुसा २०३५ सम्म बेलायतको जीडीपी फ्रान्सको जीडीपी भन्दा २३ प्रतिशतसम्म बढी हुनेछ, युरोपियन युनियनबाट निक्लेसँगै बेलायतले धेरै कुरा गुमाउनु पर्ने भएको छ । फ्रान्स भन्दा अगाडि रहनुको एक मुख्य कारण यूके डिजिटल अर्थतन्त्रमा अगाडि छ ।

 

२०१८ मा, बेलायतको अर्थतन्त्र २.६४ अर्ब डलरबाट २.८४ खर्ब डलर र फ्रान्सको २.५९ खर्ब डलरबाट २.७८ खर्ब डलर पुगेको छ । अमेरिकी अर्थतन्त्र २०.४९ खर्ब डलरको साथ पहिलो थियो भने चीनको अर्थव्यवस्था १३.६१ खर्ब डलरको साथ दोस्रो स्थानमा रहेको छ ।

 

जापान ४.९७ खर्ब डलरको साथ तेस्रो स्थानमा छ र जर्मनी ३.९९ खर्ब डलरको साथ चौथो स्थानमा छ । २०१८ मा भारतको अर्थव्यवस्था २.७३ खर्ब डलर थियो ।

 

 

सम्बन्धित खबरहरु