Biplap-himal-gas-kabja

५ माघ, काठमाडौं । ललितपुरको ग्वार्को स्थित हिमाल ग्यासको मुख्य डिपोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ‘कब्जा’ गरेको छ ।

विप्लव माओवादीका कार्यकर्ताले कब्जा गरेका ग्यास सिलिण्डर सडकमा ल्याएका छन् । ती सिलिन्डर सार्वसाधारणलाई निःशुल्क बाँडिएको छ ।

उक्त स्थानमा ग्यास भएर पनि लुकाएको तथा कालोबजारी गरेको आरोप लगाइएको विप्लव माओवादीको नेवाः राज्य समितिले पर्चा समेत भेटिएको छ ।

कालोबजारी गरेर ग्यास लुकाएकाले कारबाही गरिएको माओवादी केन्द्रीय सदस्य सुदीप मल्लले बताए । उनले भने ‘कालोबजारिया, तस्कर र भ्रष्टाचारीलाई अब कारबाही सुरु भयो ।’

सम्बन्धित खबरहरु