काठमाडौ । जोर्डनले कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई गिरफ्तार गरी अनुसन्धान थालेको यहाँको न्यायिक स्रोतले शनिबार जनाएको छ ।

 

“सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् ।

 

मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ । अल–वाकाईले मंगलबार प्रकाशित एउटा लेखमा “ “जनतालाई खोपको व्यवस्था के हुन्छ ? के फाइजर (खोप) गोप्य रूपमा आएको थियो, र जोर्डन सरकारका वरिष्ठ अधिकारीहरूलाई खोप दिइयो ? भन्नेबारे समाजलाई भड्काउने किसिमको समाचार सम्प्रेषण गरेको थियो ।

 

जोर्डनले डिसेम्बरको मध्यतिर फाइजर–बायोएनटेक कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारी वाएल अल–हयाज्नेले बुधवार यो खोप जनवरीमा वा फब्रअरीमा राज्यमा आइपुग्ने बताएको छ ।समाचारमा खोप आइसकेको र उच्च पदस्थ अधिकारीले यसको प्रयोग गरिरहेको उल्लेख गरिएकोले यसले समाजलाई सरकारविरोधी गतिविधिमा उत्साहित गर्न भड्काउने उक्त अदालतको ठहर छ ।

 

उक्त देशका पत्रकारहरूको संगठनले हदादको तुरुन्त रिहाइको आह्वान गर्दै उनको गिरफ्तारीले ‘जोर्डनको छविलाई हानी पु¥याएको’ दावी गरेको छ । पत्रकारको विनाशर्त रिहाईका लागि पनि संगठनले आग्रह गरेको छ । रासस

 

सम्बन्धित खबरहरु