विजय थापा, डिसी । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले क्रिसमस अर्थात् इसाई पर्व मनोरंजन र हर्सौल्लास साथ मनाएका छन । यस पटक महामारीको कारण अलिक पृथक रुपमा पर्वलाई स्वागत गर्दै मनाए ।

 

अमेरिकामा समयको फरक हुने हुनाले दिनभरी नै केही न केही गतिविधि गर्दै मनाएका छन् । यस पटक चिनिया टिकटकको कारणले गर्दा इशाई पर्वमा टिकटकमा बिभिन्न प्रस्तुति गर्न नेपाली समुदाय पनि पछि परेनन । यस पटक साथीभाई,छरछिमेक र अलिक टाडाका नातेदार ,आफन्त ,इष्टमित्र भन्दा पनि सीमित परिवारहरु भेला भै क्रिसमस मनाएका छन् ।

जस्तो देश उस्तै भेष भने झैँ अमेरिकामा मनाइने थ्यांक्स गिभिंग (धन्यवाद दिवस),ह्यालोविन पर्व लगायत पनि नेपालीहरुले उत्तिकै हर्सौल्लास र मनोरन्जनपूर्वक मनाउने गर्दछन । किनभने अमेरिकामा दोश्रो पुस्ताको लागि पनि उनीहरुको लागि सिकाउनु पर्ने र मनाउनु पर्न हुन्छ ।

यसको साथै दोश्रो पुस्ताले नेपाली चाडपर्व परम्पराहरु पनि त्यतिकै उत्साह र उमंग संग मनाउने गरि रहेका छन् । दोश्रो पुस्ताको लागि सबै व्यवस्था गर्ने क्रममा पहिलो पुस्ताले पनि अमेरिकामा मनाइने चाडपर्व मनाउने प्रचलन बढेको छ ।

साथै अमेरिका रहेका इसाई धर्म अंगाल्ने नेपाली समुदायले डिसेम्बर २५ का दिन जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् ।

अमेरिका रहेका सबै उमेरका नेपाली समुदायले राता लुगा टोपी क्रिसमस रुख ,घर भित्र सजावट,घर बाहिर झिलिमिली गर्दै यस बर्ष अर्थात् २०२० को क्रिसमसलाई बिदा गरेका छन् । साथै नेपाली समुदायले क्रिसमसका दिन विभिन्न परिकारका खाने कुरा बनाई परिवार साथ बस्दै गरेका तस्बिर,श्रब्य दृश्य र भिडियो र टिकटक समेत सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। यस पटक क्रिसमसको सार्वजनिक बिदा संगै अर्को दिन शनिबार र आइतबार समेत छुट्टीको दिन परेकोले अझ रमाइलो भएको छ ।

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर पश्चिमी इशाई गिर्जाघर (क्रिस्चियन चर्च)ले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् । अमेरिकामा कोरोना महामारीको अत्यधिक प्रभावमा परेको कारण रोक नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसी)राज्य,काउन्टी र संघीय सरकारले समेत हवाई यात्रा ,स्थलमार्ग र अन्य मार्गबाट यातायात नगर्न समेत आग्रह गरेको छ ।

 

सिडीसीले ठूलो मात्रामा भेला नहुन र समूह नबनाउन समेत चेतावनी दिएता पनि अमेरिकामा लाखौ लाख मानिसहरुले यात्रा गरेका छन् । साथै क्रिसमसको दिन दिईने उपहार रंगीबिरंगी झोलामा राखी आदान प्रदान समेत गरेका छन् ।

 

 

सम्बन्धित खबरहरु