मोरङ । रंगेली नगरपालिका-८ दर्बैसाबाट १७ हजार ७ सय भारतीय नक्कली रुपैयाँ सहित भारत बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र भारत तिरा बस्ने १८ वर्षीय किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट भारतीय नक्कली नोट लिई नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले बिआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डलको साथमा २ सय दरका ३ हजार ४ सय र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरको साथमा १ सय दरका १४ हजार ३ सय गरी जम्मा १७ हजार ७ सय भारतीय नक्कली रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु