काठमाडौ । काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्वासी नयाँबस्ती डेरा गरी बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ५९ वर्षीय बल बहादुर बिक उनकै कोठामा सुतिरहेको ठाउँमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, नलगाड नगरपालिका-१२ तल्लु बगर बस्ने ४७ बर्षीय भिम बहादुर बस्नेत सोही ठाउँस्थित गाईतार्ने भन्ने स्थानको भेरी नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पुस ७ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा उनी मृत अवस्थामा फेला परेको हो ।

कास्की, पोखरा महानगरपालिका-२९ स्थित सेती नदीको किनारमा पोखरा बस्ने २९ वर्षीया पूर्णकुमारी गुरुङ शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

धनुषा, मिर्चैया नगरपालिका-१२ गदहवा घर भई धनुषा गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया डेरा गरी बस्ने अजय यादवको छोरा ८ वर्षीय अविनास यादव घरबाट करिब ५ सय मिटर टाढा बाटोमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु