काठमाडौं । सत्तारुढ दल नेकपाभित्र चुलिएको विवाद मिलाउन नेपाल आएको चिनियाँ टोलीले भेटघाट सुरु गरेको छ । नेपाल भ्रमणमा रहेको उच्च स्तरीय चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । आज दिउँसो नेपाल ओर्लेको टोली साँझमात्रै शितलनिवास पुगेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको जानकारी दिइएको छ । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका हुन् ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु