काठमाडौं । देशका विभिन्न स्थानमा हाल सम्म ९७ शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको रिलायन्स लाइफ इन्स्योरेन्स लि.लाई ठुलो संख्यामा कर्मचारी आवश्यक परेको छ ।

देशको विभिन्न क्षेत्रीय कार्यालय, शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधि आवश्यक भएको रिलायन्सले सुचनामार्फत जानकारी दिएको छ ।

इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन यो सूचना प्रकाशित भएको ७ दिन भित्र अर्थात २ जनवरीसम्ममा पठाउन हुन अनुरोध गरिएको छ । निवेदनमा आफूले आवेदन दिन चाहेको क्षेत्रीय कार्यालय, शाखा र उपशाखा एवं पद खुलाउन भनिएको छ ।

सम्बन्धित खबरहरु