काठमाडौं । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीय खण्टी भुल आज घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्लै बस्दै आएकी वृद्धाको शंकास्पद अवस्थामा लाश फेला पारिएको छ । लाश रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । आज वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् ।

“मृतकको बायाँ कानमा चोट लागेको देखिएको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भन्नुभयो, “कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । के कारणले वृद्धको मृत्यु भएको भन्ने बारे घटनास्थलको अनुसन्धान पश्चात मात्रै जानकारी हुन्छ ।” मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् ।

सम्बन्धित खबरहरु