काठमाडौं । बलिउडमा अभिनेत्री मलाइका अरोड़ा र अभिनेता अर्जुन कपूरको सम्बन्धबारे जानकारी नभएको व्यक्तिहरु सायदै हुनुपर्छ । यो बीचमा कोरोना संक्रमणको सिकार भएका बेला उनीहरु एकसाथ क्वारेन्टाइनमा बसेका थिए ।

 

सँगै बस्दाका दिनहरु याद गर्दै मलाइकाले भर्खरै एउटा अन्तर्वार्ताको क्रममा गरेको खुलासाले नयाँ हंगामा सुरु भएको छ । मलाइकालाई तपाईं कुन अभिनेता संगै क्वारेन्टाइनमा बस्न चाहनुहुन्छ भनेर सोधिएको थियो ।

यस प्रश्नको जवाफमा मलाइका अरोड़ाले अर्जुन कपूरको नाम नलिएर उनको कुरा गरेकी छिन् । उनले आफु पहिले नै एक उत्कृष्ट अभिनेतासँग क्वारेन्टाइनमा बसिसकेको खुलासा गरेकी हुन् । उनका अनुसार अर्जुन एक रमाईलो मनोरन्जक अभिनेता हुन् ।

 

मलाइका अर्जुनसँग हुँदा कुनै पनि फिलङ्स बेकार जाँदैन । अर्जुन सधैं मलाइकाको मजाक उडाउँछन् । अर्जुनको हर्कतका कारण मलाइकालाई सधैं हाँस्न मन लाग्छ । उनले भनिन्, ‘मेरो लागि, उनी सुपर फन र मनोरन्जनात्मक छन् ।’

मलाइका र अर्जुन कोरोनाभाइरस महामारीको कारण लकडाउनमा सँगै बस्दै आएका थिए । दुबैजना सेप्टेम्बरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका थिए । उनीहरु क्वारेन्टाइनमा पनि सँगै बसेका थिए ।

 

उनीहरुको विवाहको कुरा पनि समय समयमा चर्चामा आउँने गर्दछ । तर अहिलेसम्म विहेको कुरा स्पष्ट भएको छैन । मलाइका अभिनेता सलमान खानकी पूर्व बुहारी हुन् ।

 

 

सम्बन्धित खबरहरु