काठमाडौं । आस्थाका नाममा मान्छेहरु केसम्म गर्छन भन्ने पछिल्लो उदाहारण भारत, राजस्थानको झालावाड जिल्लामा देखा परेको छ । त्यहाँ केही रोचक दृश्यहरू देखिएका छन् । त्यहाँको रतलाई क्षेत्रमा निर्माण भइरहेको देवनारायण मन्दिरको स्थापना समारोहमा खनेको खाडलमा ११,००० लिटर दूध, दही र घीउ खन्याएको खुलेको छ ।

मन्दिर निर्माण समितिका प्रवक्ता रामलाल गुर्जरले भने, ‘हामीले देवनारायण मन्दिरको स्थापना समारोहका लागि गुर्जर समुदायका सदस्यहरूबाट ११,००० लिटर दूध, घीउ र दही प्राप्त गरेका छौं । ११,००० लिटरमध्ये १५०० लिटर दही र १ क्विंटल घीउ थियो भने बाँकी पनि दूध थियो र यसको कुल लागत १.५० लाख रुपैयाँ छ ।’

उनले भने कि समारोहको अघिल्लो दिन उनीहरुले गुर्जर समुदायका सदस्यहरुलाई अपिल गरेका थिए र मानिसहरूले त्यस्तो उदारता देखाएका हुन् । त्यस्तो समारोहमा दुध खन्याउनु के गुर्जर समुदायको एक अनिवार्य परम्परा हो रु भनेर सोध्दा रामलालले भने कि यो अनिवार्य छैन तर विगतमा पनि यो धेरै पटक भइसकेको छ ।

उनले भने, ‘यो भगवानले हामीलाई दिनुहुने तुलनामा केही पनि छैन । यदि भगवानले हाम्रो पशुहरूको रक्षा गर्छ भने यो सबै बेकारको हुँदैन किनकि गुर्जर समुदायका मानिसहरूले पशु देवबाट आउने दुधलाई देवता देवनारायणमा खसाल्छन् । हामी दुबै चीज भगवानलाई दिन्छौं ।’ भारु एक करोड रूपैयाँको लागतमा निर्माण हुँदै गरेको यो मन्दिर दुई वर्षमा तयार हुनेछ ।

सम्बन्धित खबरहरु