काठमाडौं । नेपालमा लामो समयदेखि राजनीतिमा युवाहरुको रुचि विस्तारै कम हुँदै गएको छ । युवा पुस्ता राजनीतिमा नआउँनुको एक महत्वपूर्ण कारण उनीहरुले अवसर पाउँदैनन् । ५० वर्ष भन्दा धेरै वर्षको मान्छेहरु पनि विद्यार्थी राजनीतिमा लाग्न बाध्य हुने गरेका छन् । तर नेपालमा विभिन्न राजनीतिक दलमा लागेर विद्यार्थी राजनीति गर्ने उमेरमा विश्वका धेरै देशहरुमा युवाहरु देशको सर्वोच्व पदमा पुग्ने हैसियत राख्छन् ।

 

यस्तै, २१ वर्षीया आर्य राजेन्द्रन केरलाको तिरुवनन्तपुरम नगर निगममा नगर प्रमुखको रूपमा निर्वाचित भएकी छिन् । यो उमेरमा मेयर बनेको भन्दै विश्वभर उनको तारिफ पनि भइरहेको छ । वास्तवमा, आर्यले आफ्नो पहिलो स्थानीय निकायको चुनाव मतदाताको रूपमा र तिरुवनन्तपुरम कर्पोरेशन चुनावमा उम्मेद्वारको रूपमा प्रयोग गर्ने कोशिश गरिन् र अब उनी केरलाको कान्छो निगम मेयर र भारतकै कान्छी मेयर बन्ने तयारीमा छन् ।

https://twitter.com/ANI/status/1343460918068330496

 

समाचारका अनुसार राजेन्द्रन अघि सुमन कोली २१ वर्षको उमेरमा २००९ मा राजस्थानको भरतपुर निगमको मेयर बन्नुभयो । नुतन राठौर २०१७ मा उत्तर प्रदेशको फिरोजाबाद नगर निगम, मेयरका रूपमा ३१ वर्षको उमेरमा निर्वाचित भएकी थिइन । आर्यका बुबा पेशाले इलेक्ट्रिशियन हुन् र उनकी आमा गृहिणी र एलआईसी एजेन्ट हुन् ।

आर्यले भने कि उनलाई अझै आधिकारिक रूपमा जानकारी दिइएको छैन तर उनी कुनै पनि कार्य गर्न तयार छिन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट उनी मेयरमा उम्मेदवार बनेकी थिइन् ।

 

 

सम्बन्धित खबरहरु