काठमाडौं । साउदी अदालतले सोमबार एक प्रख्यात महिला अधिकारकर्मीलाई झण्डै ६ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबकी अधिकारकर्मी लूजैन अल हथलोललाई ५ बर्ष र आठ महिना जेल सजाय सुनाएको हो । साउदीका स्थानीय मिडियाले उक्त मुद्दामा अन्तर्राष्ट्रिय निन्दा गरेको र रियादले अमेरिकाको नयाँ छानबिनको सामना गर्नु परेको कुरा उल्लेख गरिएको छ ।

 

३१ वर्षीया हथलोललाई सन् २०१८ मा कम्तिमा एक दर्जन अन्य महिला अधिकारकर्मीसँगै पक्राउ गरिएको थियो । साबक र अल–शार्क अल–अवत अखबारले रिपोर्ट गरेको फैसलाले राजकुमार मोहम्मद बिन सलमानको अमेरिकी निर्वाचित राष्ट्रपति जो बाइडेनसँगको सम्बन्धलाई चुनौतीपूर्ण बनाएको छ । बाइडेनले रियादलाई मानवअधिकार रेकर्डका लागि ‘परिहा’ भनेर वर्णन गर्ने गरेका छन् ।

स्थानीय मिडियाका अनुसार हथलोलमाथि साउदी राजनैतिक प्रणाली परिवर्तन गर्ने र राष्ट्रिय सुरक्षालाई हानि पुर्याउन खोजेको आरोप लागेको छ । अदालतले उनको सजायको दुई बर्ष र १० महिना निलम्बित गरेको छ । यसका पछाडिको तर्क मेथुनललाई १५ मे २०१८ मा पक्राउ गरिएको समय बितिसकेको छ । संयुक्त राष्ट्रका मानवअधिकार विज्ञहरूले हथलोलमाथि लगाइएका आरोप सही नभएको बताएका छन् ।

 

उनीहरुले संयुक्त राज्य अमेरिका र युरोपका प्रमुख अधिकार समूह र सांसदहरूसँग हथलोलको रिहाईको माग पनि गरेका छन् । केही समय अगाडि साउदीले महिलाहरूलाई गाडी चलाउन लगाउँदै आएको प्रतिबन्ध हटाएको थियो । साउदी सरकारले उठाएको उक्त कदम धेरै कार्यकर्ताहरूको लामो समयदेखिको जित थियो ।

 

साउदी राजकुमार मोहम्मद बिन सलमानले ल्याएको सुधारको एक भागको रूपमा पनि रहेको थियो । हथलोललाई सजाय सुनाएको झण्डै तीन हप्तापछि एक रियाद अदालतले अमेरिकी–साउदी चिकित्सक वालिद अल फिताहीलाई ६ वर्ष जेल सजाय दिएको थियो ।

 

अमेरिकी सेनाले उनलाई रिहा गर्न दिएको दबाबपछि उनलाई रिहा गरिएको थियो । तर उनी रिहा भएको तीन हप्तापछि नै हथलोललाई सजाय सुनाइएको हो । विभिन्न मानव अधिकार समूहहरूले यसलाई राजनीतिक रुपमा अभिप्रेरित घटना भनेका छन् ।

 

 

सम्बन्धित खबरहरु