काठमाडौं । विश्वले एक महत्वपूर्ण महिला गुमाएको छ । अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा क्याप्लेलीको एउटा दुर्घटनामा मृत्यु भएको छ । १७ डिसेम्बरमा, उनी आफ्नो घरको नजिक हिँडिरहेका बेला अचानक बसले उनलाई नराम्ररी ठक्कर दिएको थियो ।

 

उनलाई पछाडिबाट आएर ठक्कर दिएको बसले गम्भीर घाइते बनायो । नोर्मालाई धेरै चोट लागेका कारण उनको टाउको फुटेको थियो । उनी लामो समयसम्म कोमामा गएकी थिइन् । ६ दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि उनले संसाराट विदा भएकी हुन् । उनी ८१ वर्षकी थिइन ।

 

नोर्माले १९६० मा लन्डनमा मिस वर्ल्डको उपाधि जितेकी थिइन । उनी यो उपाधि जित्ने अर्जेन्टिनाकी पहिलो महिला थिइन । त्यस समयमा नोर्मा २१ वर्षको मात्रै थिइन् । त्यसपछि उनी अरमानी र डायर जस्ता प्रतिष्ठित ब्रान्डका लागि मोडल पनि बनेकी थिइन् । मिस वर्ल्डको उपाधि जिते पछि उनले इनामको रूपमा ५०० पाउन्ड र एउटा स्पोर्ट्स कार पनि प्राप्त गरेकी थिइन् । यद्यपि उनले इन्फोबसँग एक साक्षात्कारमा केहि समय अघि आफुले नगद पुरस्कार पाएको तर त्यो लग्जरी कार कहिल्लै पनि नपाएको बताएकी थिइन् ।

मोडेलिङ्गमा सफलता प्राप्त गरेपछि उनले गायनमा पनि हात हालेकी थिइन् । १९६२ मा, उनले इटालेली भायोलिन वादक अरमान्डोको सहयोगमा एक गीतमा आफ्नो आवाज दिएकी थिइन् । यो गीत एक कार्यक्रमको लागि पनि प्रयोग गरिएको थियो । नोर्मा केही समयको लागि ब्राजिलमा पनि बसिन् तर १९८९ मा बिरामी भएका कारण उनी अर्जेन्टिनामा फर्किनु परेको थियो । उनी अहिले आफ्नो बिरालोसँगै अर्जेन्टिनामा बस्दै थिइन् ।

 

नोर्माको भान्जी कार्लाले भनिन्, ‘म यो कुरा स्पष्ट पार्न चाहान्छु कि ऊ एक बस दुर्घटनाबाट मरिन् । उनले कोरोना महामारीको बेलामा आफू र वरपरका मानिसहरूलाई बचाइन् तर बस चालकको लापरवाहीका कारण मर्नुपर्यो । उनी कोरोना महामारी समाप्त भएपछि पूनटा डेल एस्टेको भ्रमण गर्न चाहान्थिन् । उनी यस उमेरमा पनि धेरै सक्रिय थिइन । यद्यपि, अब तिनीहरूका सबै सपनाहरू समाप्त भएका छन् ।’

 

यस घटनामा २८ वर्षीय बस चालकलाई पक्राउ गरिएको छ र बसलाई नियन्त्रणमा पनि लिइएको छ । महत्वपूर्ण कुरा के छ भने, नोर्माले ६० को दशकमा इटालियन व्यापारीसँग विवाह गरेपछि फेसन उद्योगलाई अलविदा भनेकी थिइन् । त्यसपछि उनले इटालीको पत्रिका मेन बजारका लागि पत्रकारको रूपमा पनि काम गरेकी थिइन् ।

 

सम्बन्धित खबरहरु