काठमाडौं । महिलाहरुका लागि सबैभन्दा कठोर मानिएको साउदी अरेबियामा एक महिलालाई सामान्य प्रकरणमा कठोर जेल सजाय तोकिएको छ । महिला अधिकारको पक्षमा आवाज उठाउँदै आएकी अग्रणी साउदी सामाजिक कार्यकर्ता ३१ वर्षीय लूजैन अल–हथलौललाई झन्डै छ वर्ष जेल सजाय सुनाइएको छ ।

 

लुजैनलाई २०१८ मा हिरासतमा लिइएको थियो । अब उनलाई ५ वर्ष बर्ष, आठ महिना जेल सजाय सुनाइएको छ । द गार्डियनको समाचारका अनुसार लुजानलाई साउदी बादशाहको बिरूद्धमा षडयन्त्र र विदेशी सेनासँग मिलेर देशविरुद्ध षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई सोही मुद्दामा उनलाई सोमबार अदालतले सजाय सुनाएको हो ।

 

यद्यपि अदालतले उनको सजायको अवधि २ बर्ष १० महिना घटाएको छ । सजाय सुरु हुने मिति मे २०१८ मा उनलाई नजरबन्द गरिएको थियो । यस्तो अवस्थामा लुजनले अब तीन वर्षको जेल सजाय भोग्नुपर्नेछ । यस मामलामा साउदी वकिलले लुजैनलाई शारीरिक र भौतिक क्षति गरेको आरोप लगाइएका छन् । तर प्रतिवेदनका अनुसार अदालतले ती आरोपहरू अस्वीकार गर्यो र भन्यो कि कुनै प्रमाण भेटिएन ।

 

यो प्रकरण साउदी अरेबियाको प्रतिष्ठाका लागि धेरै जोखिमपूर्ण मानिएको छ । विशेष गरी, जब जो बाइडेनको सरकार अमेरिकामा आउँन लागेको छ । यदि लुजानलाई लामो समय सजाय सुनाइएको भए दुई देशबीचको सम्बन्ध झन खराब हुनसक्ने आंकलन गरिएको थियो । यद्यपि लुजैनको मामलामा साउदी अन्तर्राष्ट्रिय संस्थानहरुको निशानमा परेको छ ।

 

उनको सजायको लागि साउदी सरकारको तिव्र आलोचना पनि भइरहेको छ । विभिन्न मानवधिकार संस्थाहरुले साउदी सरकारको आलोचना गरिरहेका छन् । उनले साउदीमा महिलाहरुले गाडी चलाउन पाउँनुपर्ने लगायत महिला अधिकारका धेरै कुराहरुमा आवाज बुलन्द गर्दै आएकी थिइन् ।

 

 

सम्बन्धित खबरहरु