काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केकेविरुद्ध समान रु एक करोड २५ लाख बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

उनीहरु विरुद्ध समान बिगो कायम गर्दै बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । कीर्ते कागजातको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ ।

सम्बन्धित खबरहरु