काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । नेपालभर पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् । अर्कोतिर २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् ।

यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ ।

सम्बन्धित खबरहरु