काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकाभित्र दरबारमार्ग, ठमेलसहित देशभर रौनकता छाएको छ । नेपालसहित विश्वभर इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीख (भोलि) का दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

इस्वी सम्वत् ग्रेगोरियन क्यालेन्डर वा क्रिश्चियन क्यालेन्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको आरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ ।

सम्बन्धित खबरहरु