काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या पनि कम हुँदैछ । गत २४ घण्टामा देशभर थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन् ।

अर्कोतिर २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।

सम्बन्धित खबरहरु