काठमाडौं । आज (शुक्रबार) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा प्रतिनिधि सभा विघटन भएसँगै ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठक बोलाउनु भएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनु भएको छ । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् । राष्ट्रपति भण्डारीले यही पुस १२ गते शुक्रबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु