काठमाडौं । सरकार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ ।

अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै कसैलाई पनि भ्रममा नपर्न अपील गर्नुभएको हो । आज मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न अनुरोध गर्नुभएको हो ।

सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति कतैबाट पनि प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो । अहिले संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानु पर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो ।

सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको र यसै गरि निर्वाचन आयोगले पनि तयारी गरिरहेको उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो । नेपाल सरकारले ल्याएको पछिल्लो कदम सहि भएको समेत उहाँले स्पष्ट पार्नु भयो । थप निर्णयहरु यस प्रकार रहेका छन् ।

सम्बन्धित खबरहरु