काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था एवं हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष राणाले राप्रपाद्वारा आज आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्नाको विकल्प नरहेको जिकिर गर्नुभयो ।

राप्रपाकै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै सभा विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको विचार राख्नुभयो ।

राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थालाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तबीच नयाँ संवाद र बृहत् प्रजातान्त्रिक एकतामा उहाँले जोड दिनुभयो ।

राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायत माग अघि सारेको छ । भृकुटीमण्डपबाट शुरु भएको जुलूस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

सम्बन्धित खबरहरु