काठमाडौं । सत्तारुढ नेकपा ओली पक्षले नेपालको आन्तिरक विषयमा विदेशी शक्ति गुहार्नु गलत्त भएको स्पष्ट पारेको छ । उक्त समुहका प्रवत्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले भारतसहितका विदेशी शक्तिहरुलाई गुर्हानु दुखद भएको स्पष्ट पार्नु भएको छ ।

[caption id="attachment_318551" align="aligncenter" width="900"] पाल्पा, १८ पुस ःनेपाल पत्रकार महासङघ पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रीप्रदीपकुमार ज्ञवालीबाट मन्तव्य । तस्विरःकृष्ण दर्नाल, रासस[/caption]

उहाँले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको प्रचण्ड–नेपाल पक्षले बाह्य शक्ति निम्त्याएको आरोप पनि लगाउनु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले यस्तो बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता हेर्दै गर्दा आफुले अफट्यारो महसुस गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

प्रचण्डलाई उद्धत गर्दै ज्ञवालीले भन्नुभयो, ‘त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो रु यो मौनता मलाई ठ्याम्मै पचेन है । हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं ।

एउटा देश चुप लागेर बस्न मिल्छ ?’ संसद विघटन भएपछि प्रचण्डले एक निजी टेलिभिजन अन्तर्वार्तामा भारतसहितका देशहरुले नेपालको यस मामिलामा बोल्नुपर्ने भन्दै सार्वजनिक रुपमा टिप्पणी गर्नुभएको थियो ।

प्रचण्डले संविधान निर्माणको समयमा सहयोग गर्ने शक्तिहरुलाई संसद् विघटनलाई लिएर केपी शर्मा ओली सरकारको खुलेरै आलोचना गर्न अपिल गर्नुभएको थियो । सोही विषयप्रति मन्त्री ज्ञवालीले असन्तुष्टि पोख्नु भएको हो ।

सम्बन्धित खबरहरु